पोखरामा उपचाररत तनहुँको शुक्लागण्डकीकी एक महिलामा कोरोना पुष्टि

पोखरामा उपचाररत तनहुँको शुक्लागण्डकीकी एक महिलामा कोरोना पुष्टि

Corona Girl

तनहुँ । तनहुँमा थप एक जना कोरोना संक्रमित थपिएको छ । तनहुँको शुक्लागण्डकी-६ की ३० वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमको अस्पतालमा उपचाररत रहेकी छिन । संक्रमितलाई आईसोलेसन केन्द्रमा लगिएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा गरिएको परिक्षणमा उक्त महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७३० पुगेको छ ।

बिहिबार बिहान तनहुँको भिमाद नगरपालिकाका ३ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँमा कोरोना संक्रमितको संख्या ३१३ जना पुगेको छ भने निको हुनेको संख्या २२४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds