सरकारले भन्योः इमर्जेन्सी अपरेशन गर्नुपर्ने बिरामी आएमा पिसिआर रिपोर्ट खै नभन्नू, नत्र कारबाही

सरकारले भन्योः इमर्जेन्सी अपरेशन गर्नुपर्ने बिरामी आएमा पिसिआर रिपोर्ट खै नभन्नू, नत्र कारबाही

health swasthya

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरूलाई पिसिआर रिपोर्ट नपर्खी बिरामीको आपतकालीन शल्यक्रिया गर्न निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अस्पतालहरूले पिसिआर रिपोर्ट कुरेर मात्र शल्यक्रिया गर्ने गर्दा बिरामीको मृत्यु भएको गुनासो आएको भन्दै अस्पतालहरूलाई त्यस्ता शल्यक्रिया तत्काल गर्न जानकारी गराइएको बताए।

उनले आपतकालीन शल्यक्रिया गर्नुपर्ने बिरामी आए तुरून्त पिसिआर परीक्षणको लागि स्वाब संकलन गरेर रिपोर्ट नआई आवश्यक सतर्कता अपनाइ शल्यक्रिया गर्नुपर्ने जनाए।

त्यसरी हेलचेक्र्याइँ गर्दा बिरामीको ज्यान समेत जोखिममा पर्ने गर्दा कुनै दुर्घटना घटे कानुनअनुसार कारबाही गरिने प्रवक्ता गौतमले जनाए।उनले आपतकालीन शल्यक्रिया गर्नु नपर्ने बिरामीको भने पिसिआर नतिजा आएपछि अस्पतालले शल्यक्रियाको काम अघि बढाउन सकिने बताए।

सरकारले पहिल्यै जारी गर्नुपर्ने यो नियम ढिलो भएपनि आएको छ । पिसिआर रिपोर्ट खोजेकै कारण दर्जनौंले ज्यान गुमाउनुपरेको समाचारहरु आइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds