गण्डकीमा थप ५ जिल्लाका ४८ जनामा कोरोना पुष्टि

गण्डकीमा थप ५ जिल्लाका ४८ जनामा कोरोना पुष्टि

Gandaki covid corona 5

गण्डकीमा थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार  थप ५ जिल्लाका  ४८ जनामा कोरोना भाइरस देखिएको जनाएको हो । यसअघि,  बिहाना गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि भएको थियो ।

पोखरामा फेरि थपिए १० संक्रमित, मेट्रोसिटीका स्वास्थ्यकर्मी तथा बिरामीमा पनि कोरोना

पछिल्लो जानकारी अनुसार पोखरा महानगरका वडा नं. १७ का ३६  वर्षीय पुरुष, वडा नं. २६ का ३६ र ५० वर्षीया २ महिला, वडा नं. ३० का ४९ वर्षीय पुरुष, वडा नं. ७ का ३४ र २५ वर्षका २ पुरुष तथा वडा नं. २७ का २१ र २२ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको हो ।

पोखरा सिर्जनाचोकमा रहेको मेट्रोसिटी अस्पतालमा कार्यरत ३२ वर्षीय स्वास्थ्यकर्मीलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि तथा सोही अस्पतालमा उपचारका लागि पुगेकी ३५ वर्षीय महिलालाई समेत कोरोना संक्रमण पुष्टि स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यसैगरी पर्वत कुश्मामा २३ र ६८ वर्षका २ पुरुष तथा लमजुङ बेसीसहर स्थित सामुदायिक अस्पतालमा कार्यरत २३ वर्षीया  स्वास्थ्यकर्मी महिला, लमजुङ बेसिसहरका २ वर्षीया बालिका र २९ वर्षीया महिला तथा २३ र ५१ वर्षका पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

तनहुँका १० तथा नवलपरासी (ब.सु.पू) का थप २१ तथा जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा तनहुँको भानु नगरपालिकामा ५ जना सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नगरपालिकाको वडा नम्बर १ का १ महिला तथा १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । यी बाहेक सोही नगरपालिकाका अन्य संक्रमितहरुमा वडा नम्बर ६ का २ पुरुष सहित १ महिला रहेकी छिन् ।

नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर ५, ८ र १६ का १/१ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्लाको विनयत्रिवेणी ३ का ६ जना पुरुष, ४ का ५ पुरुष सहित ६ महिला तथा वडा नम्बर ५ का १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार ७ सय ९५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ