तनहुँको भानुमा ५ सशस्त्र प्रहरीसहित १० जनालाई कोरोना संक्रमण पुष्टि

तनहुँको भानुमा ५ सशस्त्र प्रहरीसहित १० जनालाई कोरोना संक्रमण पुष्टि

Corona APF bhanu

तनहुँ । तनहुँमा सशस्त्र प्रहरी सहित १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका पाँच जना प्रहरी सहित १० जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

त्यस्तै भानु नगरपालिका–१ का ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, भानु नगरपालिका–६ का ६२ वर्षीया महिला, ४२ र ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी बलका ७ जनाको स्वाब सङ्कलन गरिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

भानु नगरपालिकाका कोरोना संक्रमित सशस्त्र प्रहरी चितवनको भण्डारास्थित नम्बर ३ बाहिनी बाट सरुवा भएर आएका खुलेको हुन् ।

उनीहरु भानुको मनकामना गणमा सरुवा भएर आए पछि गणले गत भाद्र २३ गते उनीहरुको पीसीआर परीक्षण गराएको थियो ।

शुक्रबार बिहान जिल्लाको शुक्लागण्डकी नगरपालिका-५ का ५९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

तनहुँमा कोरोनाको अवस्था

तनहुँमा कोरोना संक्रमितको संख्या ३२४ जना पुगेको छ भने निको हुनेको संख्या २२४ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

त्यस्तै ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds