तनहुँको भानुमा थप १ युवकमा कोरोना पुष्टि, आज मात्रै थपिए १४ जना संक्रमित

तनहुँको भानुमा थप १ युवकमा कोरोना पुष्टि, आज मात्रै थपिए १४ जना संक्रमित

Gandaki covid corona 2

तनहुँ । तनहुँको भानु नगरपालिकाका थप एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा भानु नगरपालिका-५ का १७ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यो संगै तनहुँमा शुक्रबार १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लाको भानु नगरपालिकामा ११, शुक्लागण्डकी नगरपालिकामा १, भिमाद नगरपालिकामा १ र ऑबुखैरेनी गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएका हुन् ।

तनहुँमा कोरोनाको अवस्था

तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२७ जना पुगेको छ भने निको हुनेको सङ्ख्या २२६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यस्तै ३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds