रोटरी लुम्बिनी स्टार्सद्वारा आइसोलेसनमा आयुर्बेदिक औषधी वितरण

रोटरी लुम्बिनी स्टार्सद्वारा आइसोलेसनमा आयुर्बेदिक औषधी वितरण

received_2493365280956661

बुटवल । रोटरी क्लब अफ लुम्बिनी स्टार्स तथा पार्टनर क्लब रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सले संयुक्त रूपमा आइसोलेसनमा आयुर्बेदिक औषधी हस्तान्तरण गरेको छ ।

क्लबले बुटवल-१२ तामनगर स्थित कोरियन टेक्निकल कलेजको कारोना आईसोलेसन हस्पिटलमा रहेका २३ जना कोरोना संक्रमितलाई आयुर्बेदिक औषधी वितरण गरेको हो ।

क्लबका अध्यक्ष बालकृष्ण पाण्डेले आईसोलेसनमा रहेका कोरोना संक्रमितहरूको सिघ्र स्वास्थ्यलाभको कामना गर्दै विश्वव्यापी रूपमा फैलिएको कोरोना भाईरसका कारणले कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले आयुर्बेदिक औषधी वितरण गरिएको बताए ।

कार्यक्रमको प्रमुख अतिथी बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले हरेक सामाजिक संस्थाहरूले सहयोग गरिरहेका स्मरण गराउदै रोटरी क्लब अफ लुम्बिनी स्टार्सले गरेको सहयोग फरक र अतुलनिय रहेको र हरेक कार्यक्रममा सधै सहकार्य समेत रहने बताए ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बालकृष्ण पाण्डेले बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी तथा वडा नं १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई औषधी हस्तान्तरण गरेका हुन ।

हरेक दिन आईसोलेसनमा रहेकालाई योग समेत गराईने गरेको छ ।

कार्यक्रममा क्लबका सचिव बिक्रम क्षेत्री, कोषाध्यक्ष ध्रुब कोईराला तथा रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष बिमल ढकालको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम क्लबका अध्यक्ष बालकृष्ण पाण्डेको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी प्रमुख आथित्यता तथा योगगुरू विष्णु आचार्यको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा बुटवल-१२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदी र क्लबका संस्थापक अध्यक्ष यादव भण्डारी लगायतले शुभकामना राखेका थिए ।

रोटरी क्लब अफ लुम्बिनी स्टार्स रोट्रयाक्ट क्लबका पुर्व अध्यक्षहरूको सहभागिता स्थापना भएको क्लब हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds