तनहुँको भानु नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

तनहुँको भानु नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

Corona Positive

तनहुँ । तनहुँमा थप एक जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको भानु नगरपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा उक्त पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

कन्ट्याक्ट ट्रेसिङमा परेर उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

तनहुँमा कोरोनाको अवस्था

तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३० जना पुगेको छ भने निको हुनेको सङ्ख्या २२६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यस्तै ३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ