काठमाडौ । पटक–पटकको लकडाउन र निषेधाज्ञाले व्यवसाय थलिएको सन्दर्भमा डिजिटल माध्यम मार्फत ग्राहक माझ पुगेर आफ्ना वस्तु तथा सेवाको बिक्रि गर्नु पर्ने बाध्यात्मक अवस्थामा मोबाइल एप ‘वरिपरि’ सरल उपाय बनेर आएको छ ।
कुनै पनि ठाउँ आसपासका व्यवसायले प्रदान गर्ने वस्तु तथा सेवाका बारेमा ग्राहकलाई जानकारी दिन वरिपरि एप तयार गरिएको छ ।
कुनै पनि व्यवसायीले आफ्नो पसल तथा अफिसको वस्तु वा सेवा बेच्न आफ्नो व्यवसायलाई विना लगानी वरिपरि एपमा दर्ता गर्न सक्छन् ।
यसरी व्यवसायी डिजिटल माध्यमबाट उपभोक्तासँग सजिलै पुगी व्यवसायको वृद्धि गर्न सक्ने वरिपरि नेपाल प्रालीका संस्थापक राज रेग्मी बताउँछन् ।
व्यवसाय दर्ता गर्न मोवाइलमा एप डाउनलोड गरि नाम र मोवाइल नम्बर राखेर एकाउन्ट खोल्न सकिन्छ ।
एकाउन्ट खोलेपछि ‘क्रिएट स्टोर’ मा गई आफ्नो व्यवसायको नाम र स्थान उल्लेख गर्नु पर्ने हुन्छ । जुनसुकै व्यवसाय वरिपरिमा दर्ता गर्न सकिने रेग्मीले बताए ।
वरिपरि एपमा दर्ता गरेपछी व्यवसायीले आफ्नो सेवा अवधी तोक्न मिल्छ जसबाट ग्राहकले एपमा हेर्दा सो समयमा खुल्ला छ कि बन्द छ भनेर जानकारी लिन सक्छन् ।
होम डेलिभरिको व्यवस्था छ कि छैन अनि भुक्तानीका विकल्पहरु (बैंक कार्ड, इ सेवा, खल्ति, सेल पे) के/के छन् भनेर पनि एपमै उल्लेख गरेपछी ग्राहकलाई सहज बनाउन सकिन्छ ।
आजको प्रतिस्पर्धात्मक बजारमा व्यवसायलाई बजारीकरण गर्नको लागि ठुलो लगानी गर्नु पर्ने र क्षति समेत बेहोर्नु पर्ने समयमा वरिपरि एपले क्रेता र विक्रेतालाई एकै ठाउमा ल्याई सहजता प्रदान गर्ने रेग्मीले बताए।
स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाको उपभोग बढाउनु र ग्राहकको सपिङ सहजतामा ख्याल गर्नु वरिपरि एपको मुख्य लक्ष्य रहेको रेग्मीले बताए ।
आफ्नो नजिकैका ग्राहकलाई व्यवसायको बारेमा जानकारी प्रचार गर्न नसक्दा नजिकका ग्राहक पनि सेवा लिन टाढा जानु र ग्राहकको समेत समय र पैसा दुवैको क्षति हुन्छ ।
यहि समस्यालाई मध्यनजर गर्दै क्रेता र विक्रेतालाई डिजिटल माध्यमबाट एउटै ठाउमा ल्याउन मोबाइल एप ‘वरिपरि’ सुरु भएको रेग्मीले बताए ।
नयाँ ठाउँ पुगेका व्यक्तिलाई वरिपरि एप सपिङ गाइड नै बन्नेछ । वरिपरि एपको आधिकारिक वेबसाइट oripari.com बाट थप जानकारी लिन सकिन्छ ।
सम्बन्धित खबर
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
एन्ड्रोइड फोनमा ‘कल डिस्प्ले’ अचानक परिवर्तन
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षातर्फ गम्भीर बन्नुपर्छ: प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला