गोरखाका ९ जनासहित गण्डकीमा २० संक्रमित थपिए

गोरखाका ९ जनासहित गण्डकीमा २० संक्रमित थपिए

Gorkha covid

गण्डकी प्रदेशमा सोमबार थप २० जनामा कोरोना पुष्टि भएको छ । तनहुँका ११ र गोरखाका ९ जनासहित गण्डकीमा थप २० नयाँ संक्रमित थपिएका छन् । यसअघि बिहानै गण्डकीमा  १९ संक्रमित भेटिसकेको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरा परिक्षणमा गण्डकी प्रदेशको सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसीङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

अहिलेसम्म प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १८६१ रहेको छ भने निको हुने दर ६१.८ प्रतिशत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशमा अहिलेसम्म ३०११ जना संक्रमित भएका छन् । प्रदेशमा अहिले सक्रिय संक्रमितको संख्या ११ सय २२ रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ