तनहुँकाे शुक्लागण्डकी नगरपालिकामा बालिकासहित ६ जनामा काेराेना संक्रमण पुष्टि

तनहुँकाे शुक्लागण्डकी नगरपालिकामा बालिकासहित ६ जनामा काेराेना संक्रमण पुष्टि

Corona update 3

तनहुँ । तनहुँमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा ६ जना कोरोना संक्रमित थपिएका हुन । ५ जना पुरुष र १ बालिकालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिका–५ का ४७ वर्षीय पुरुष, वडा नम्बर ६ का ४० वर्षीय पुरुष र १० वर्षीया बालिका, वडा नम्बर ११ का २३ वर्षीय पुरुष र वडा नखुलेका २४ र ३४ वर्षको पुरुषलाई संक्रमणको पुष्टि भएको हो ।

आज मात्रै जिल्लाको ऋषिङ गाउँपालिकाका ११ जना र व्यास नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ