पोखराका ३ सहित गण्डकीमा ४७ संक्रमित थपिए

पोखराका ३ सहित गण्डकीमा ४७ संक्रमित थपिए

corona covid gandaki

पोखरा । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार कास्कीको पोखरा महानगरका ३ जनासहित गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना भाइरस देखिएको जनाएको छ ।

निर्देशनालयले पोखराको मेट्रोसिटीमा कार्यरत ३२ वर्षीया सफाई कर्मचारी, नमुना परिक्षणको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेका पोखरा १ र १४ का ४५ र १८ वर्षीय पुरुष तथा प्रतिष्ठान मै उपचारत तनहुँ शुक्लागण्डकी-१० को २३ बर्षीया महिलामा कोरोना पुष्टि भएको जनाएको हो ।

त्यसैगरी, तनहुँ शुक्लागण्डकी कै थप ४ पुरुष, ३ महिला तथा देवघाट २ का २ वर्षीय पुरुष , गोरखा शहिदलखन ३ की १० वर्षीया बालिका, मनाङ नासाकी २३ वर्षीया महिला, लमजुङ बेशीसहर स्थित मोडल अस्पतालमा उपचाररत ७० बर्षीय पुरुष, स्याङ्जाको वालिङ, पुतलीबजार र आँधीखोलाका ७ पुरुष तथा ५ महिला एवं नवलपुरको गैँडाकोट, मध्यबिन्दु र बौदिकालीकाका १२ पुरुष र ८ महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार १ सय १२ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ