तनहुँमा ८ वर्षीय बालकसहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँमा ८ वर्षीय बालकसहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि

corona stress

तनहुँ । तनहुँमा ९ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा ८ जना र देवघाट गाउँपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित मध्ये एक ८ वर्षका बालक समेत रहेका छन ।

शुक्लागण्डकी-१० की २३ वर्षिया महिला र १७ वर्षीय पुरुष, शुक्लागण्डकी-५ का ५०, २८, ३४ वर्षीया महिला र
८ र ४२ वर्षीय २ पुरुष र शुक्लागण्डकी-८ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

गत शनिबार शुक्लागण्डकी-५ बेलचौताराका एक सुनचादी व्यवसायीमा पोखरामा परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

उनमा कोरोना पुष्टि भएसंगै गत आइतबार कन्ट्याक्ट ट्रेसिङका आधारमा ४३ जनाको स्वाब परीक्षणका लागि पठाइएको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिए ।

जसमध्ये मंगलबार ७ जना कोरोना पुष्टि भएको छ ।

कोरोना पुष्टि हुनेमा सुनचादी व्यवसायीको परिवारका ३ जना, उनका २ जना छिमेकी, १ क्वारेन्टिनमा बसेका र १ होम क्वारेन्टिन बसेका हुन ।

त्यस्तै शुक्लागण्डकी-१० की २३ वर्षीय कोरोना संक्रमित महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत रहेको निर्देशनालयले जनाएको छ ।

त्यस्तै जिल्लाको देवघाट गाउँपालिका-२ का २१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds