फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । ‘लकडाउन हटाउँ, जनजीवन सामान्य बनाउँ’ भन्ने उद्देश्यका साथ असोज १ गते पोखराको चिप्लेढुंगामा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालका संयोजक राजु कायस्थले जानकारी दिए ।
६ महिना लामो सन्त्रासपूर्ण लकडाउन, निषेधाज्ञा, सिल, सामाजिक दुरी जस्ता प्रयोगहरुले मानिसहरुलाई अनावश्यकरुपमा भयभीत पार्ने र तिनको मनोवैज्ञानिक असरहरुबाट अब हाम्रो समाजलाई मुक्त गरी हाम्रो आफ्नै प्राकृतिक चिकित्सा पद्घतिहरुको संवद्र्घन गरी जनजीवन सामान्य गर्नका लागि दवाव दिन प्रदर्शन गरिन लागेको कायस्थले जानकारी दिए ।
फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालल प्रदर्शनलाई सफल बनाउनका लागि सरकारी तथा विभिन्न संघ संस्थामा ध्यानकर्षण पत्र समेत वुझाइसकेको छ ।
संस्थाले जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगर पालिका, पोखरा उद्योग वाणिज्य संघ लागयतका पोखरामा रहेका व्यवसायिक संघ संस्था,शैक्षिक, खेलकुद तथा धार्मिक एवम् सांस्कृति संघ संस्थामा प्रदर्शन गर्ने उद्देश्यको वारेमा जानकारी गराएको संयोजक कायस्थले जानकारी दिए ।
‘पूर्ण रुपमा लकडाउन हटाइ जनजीविका सामन्य वनाउने उद्देश्यले नै हामीले शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका हौं’ कायस्थले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागि भई पूर्ण रुपमा लकडाउन हटाउन दावव दिन सवैलाई सहभागि हुन अनुरोध गर्दछु ।’
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ