फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालले शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । ‘लकडाउन हटाउँ, जनजीवन सामान्य बनाउँ’ भन्ने उद्देश्यका साथ असोज १ गते पोखराको चिप्लेढुंगामा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालका संयोजक राजु कायस्थले जानकारी दिए ।
६ महिना लामो सन्त्रासपूर्ण लकडाउन, निषेधाज्ञा, सिल, सामाजिक दुरी जस्ता प्रयोगहरुले मानिसहरुलाई अनावश्यकरुपमा भयभीत पार्ने र तिनको मनोवैज्ञानिक असरहरुबाट अब हाम्रो समाजलाई मुक्त गरी हाम्रो आफ्नै प्राकृतिक चिकित्सा पद्घतिहरुको संवद्र्घन गरी जनजीवन सामान्य गर्नका लागि दवाव दिन प्रदर्शन गरिन लागेको कायस्थले जानकारी दिए ।
फाइट अगेन्स्ट कोरोना स्क्याम तथा फ्रिडम फ्रन्ट नेपालल प्रदर्शनलाई सफल बनाउनका लागि सरकारी तथा विभिन्न संघ संस्थामा ध्यानकर्षण पत्र समेत वुझाइसकेको छ ।
संस्थाले जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगर पालिका, पोखरा उद्योग वाणिज्य संघ लागयतका पोखरामा रहेका व्यवसायिक संघ संस्था,शैक्षिक, खेलकुद तथा धार्मिक एवम् सांस्कृति संघ संस्थामा प्रदर्शन गर्ने उद्देश्यको वारेमा जानकारी गराएको संयोजक कायस्थले जानकारी दिए ।
‘पूर्ण रुपमा लकडाउन हटाइ जनजीविका सामन्य वनाउने उद्देश्यले नै हामीले शान्तिपूर्ण प्रदर्शनको आयोजना गरेका हौं’ कायस्थले भने, ‘शान्तिपूर्ण प्रदर्शनमा सहभागि भई पूर्ण रुपमा लकडाउन हटाउन दावव दिन सवैलाई सहभागि हुन अनुरोध गर्दछु ।’
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो