Gandak News
Our News Your Views

तनहुँको व्यास-१ हाईस्कुलटारका एक युवक खोल्सामा मृत अवस्थामा फेला

तनहुँ । तनहुँको व्यास १ अडमपानीको खोल्सामा एक युवक मृत भेटिएका छन् ।

व्यास-१ हाइस्कुलटारका अन्दाजी १८ वर्षका आकाश रिजाल मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्थानीयले मृत अवस्थामा भेटिएको शव बारे खबर दिएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

मृतक रिजालको शव दमौली अस्पतालको शवगृहमा राखिएको छ ।

रिजालको मृत्युको कारणबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस