तनहुँको व्यास र घिरिङमा थपिए ५ जना कोरोना संक्रमित

तनहुँको व्यास र घिरिङमा थपिए ५ जना कोरोना संक्रमित

Corona update 4

तनहुँ । तनहुँमा थप ५ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको व्यास नगरपालिकाका २ जना र घिरिङ गाउँपालिकाका ३ जनालाई संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको पीसीआर परिक्षणमा व्यास नगरपालिका–१ का २१ वर्षीय पुरुष, व्यास–११ का २८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै घिरिङ गाउँपालिका–१ का २६ र २३ वर्षीय पुरुष तथा घिरिङ–३ का २७ वर्षीय पुरुषलाई संक्रमणको पुष्टि भएको छ ।

व्यासका दुबै संक्रमित कन्ट्याक्ट ट्रेसिङमा परेर परीक्षण गरिएको थियो ।

घिरिङका संक्रमित भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ