शुक्लागण्डकीका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि

शुक्लागण्डकीका २८ वर्षीय पुरुषमा कोरोना पुष्टि

Corona Positive

तनहुँ । तनहुँमा एक जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको शुक्लागण्डकी नगरपालिका-१० का २८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित पुरुष कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन ।

संक्रमित पुरुषकाे २३ वर्षीया श्रीमतीलाई पनि मङ्गलबार काेराेना पुष्टि भएकाे थियाे ।

ती महिलाकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकाे थियाे ।

हाल दुवै जना पाेखरामा नै रहेकाे शुक्लागण्डकी स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ