भूकम्पका कारण बाग्लुङ, पर्वत र लमजुङमा तीनवटा घर भत्किए

भूकम्पका कारण बाग्लुङ, पर्वत र लमजुङमा तीनवटा घर भत्किए

Earthquake vector frequency wave graph, seismic activity

पोखरा – बुधबार बिहान गएको भूकम्पले बाग्लुङ, पर्वत र लमजुङमा तीनवटा घर भत्किएका छन् ।

बाग्लुङ नगरपालिका वडा नं -६ भिरलाकुरी बस्ने अन्दाजी वर्ष ६९ का दुर्गा बहादुर सुवेदीको ढुंगामाटोले बनेको दुई तले टिनले छाएको घर भूकम्पका कारण भत्किएर पूर्ण रुपमा क्षती पुगेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

यस्तै भूकम्पका कारण पर्वतको कुश्मा नगरपालिका वडा नं १ पाङ बस्ने नारायण सुवेदीको इट्टा र माटोले बनेको घरको पछाडीको भित्ताको भाग छानो सहित भत्किएको छ । भने, लमजुङको बेशीसहर नगरपालिका वडा नं ११ तिवारीडाँडा स्थित स्थानीय ४५ वर्षीया अम्विका तिवारीको पनि ढुंगा माटोले बनेको घर भूकम्पका कारण भत्किएको छ ।

घर भत्किएपनि तीनवटै घटनामा कुनैपनि मानविय क्षती नभएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

रामेछाप र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आज बिहान अन्दाजी ५:२० बजेको समयमा ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का झापा, काठमाण्डौ सहित पोखरामा पनि महशुस गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ