गण्डकीमा आज कोभिड १९ अपडेटः कूल संक्रमित ३१७८ पुग्यो, १९७८ जना निको, १२१२ सक्रिय संक्रमित

गण्डकीमा आज कोभिड १९ अपडेटः कूल संक्रमित ३१७८ पुग्यो, १९७८ जना निको, १२१२ सक्रिय संक्रमित

IMG-225b55f9fb51b92bb547b321b034b5f2-V[1]

गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३ हजार १ सय ७८ पुगेको छ । यसमध्ये मृत्यु संख्या ३१ छन् । १ हजार ९ सय ७८ जना निको भइसकेका छन् । १ हजार २ सय १२ जना सक्रिय संक्रमित छन् । गण्डकीमा ६०.८८ प्रतिशत निको भएका हुन् ।

हालसम्म ५९ हजार ८५८ को परिक्षण गरिएकोमा ५६ हजार ६ सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको छ । मृत्यु हुने ३१ मध्ये कास्की ११, स्याङ्गजा ३, गोरखा ६, नवलपरासी (ब.सु.पू.) ५, बाग्लुङ १, म्याग्दी १ र तनहुँ ४ छन् । कास्कीको पनि पोखरा महानगरमा ९ र अन्नपूर्ण र रुपा गाउँपालिकामा १–१ मृत्यु संख्या रहेको छ ।

हाल आइसोलेसनमा रहेका १ हजार २ सय १२ मध्ये होम आईसोलेसनमा रहेका व्यक्तिहरुको संख्या २२७ छ । कास्कीमा ११८, नवलपरासीमा ६४, तनहुँमा २३, बाग्लुङमा १, गोरखामा २१ छन् । आई.सि.युमा रहेका व्यक्ति ६ जना छन्, उनीहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । भेन्टिलेटरमा कोहि छैनन् । गण्डकी प्रदेशमा कुल संक्रमित स्वास्थ्यकर्मी संख्या ६५ छ । अरु निको भएपनि सक्रिय संख्या ३४ छ ।

गण्डकी प्रदेशमा हाल क्वारेन्टाइनमा रहेकाको संख्या ५ सय ६१ छ । गण्डकी प्रदेशमा उपलब्ध आई.सि.यु बेड संख्या १७५ र भेन्टिलेटर संख्या ५७ हो ।

 

पोखरामा बुधबार मात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा बुधबार मात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालयद्वारा जारी बुधबारको तेस्रो अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएको हो ।

यसअगाडिका २ वटा विज्ञप्ति मध्ये पहिलोमा २८ जना र दोस्रोमा ३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा ४ का २२ वर्षीय पुरुष, पोखरा १४ का ३० वर्षीय पुरुष, पोखरा १० का ४६ वर्षीया महिला र २४ वर्षीय पुरुष, पोखरा १७ का २१ वर्षीय पुरुष र पोखरा २५ का २१ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ ।

संक्रमित मध्ये पोखरा ४ का एकजना पुरुष नेपाल प्रहरीमा कार्यरत, पोखरा १७ र २५ का २ जना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् भने, अन्य संक्रमित कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन्।

यस्तै स्याङ्गजाको पुतलीबजार नगरपालिका २ का २४ वर्षीय पुरुषको पनि परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

गण्डकीमा बिहानै थपिए ५० संक्रमित

गण्डकी प्रदेशमा बुधवार बिहान चार जिल्लाका ५० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। नयाँ संक्रमितहरुमा कास्कीका २९ जना, गोरखाका १३ जना, तनहुँका ५ जना र बाग्लुङका ३ जना रहेका छन् ।

नयाँ संक्रमितमा कास्की जिल्ला, पोखरा महानगरपालिका.४ का ८ जना पुरुषहरु नेपाल प्रहरीमा कार्यरत छन् । त्यस्तै वडा नम्बर १५ का ४० बर्षका २ जना पुरुषहरु, वडा नम्बर २७ का २८ बर्षीय पुरुष, वडा नम्बर ६ का २१ बर्षीय पुरुष गरि ४ जना भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् ।

त्यसैगरी रुपा १ का २७ बर्षीय पुरुष ईलामबाट आई क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै पोखरा वडा नम्बर १ का २५ बर्षीय महिला पृथ्वीचोकस्थित पश्चिमान्चल सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी हुन् ।

त्यस्तै, तनहुँ जिल्ला, घिरिंगका तिनैजना पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् । त्यस्तै बाग्लुङ जिल्ला, गल्कोट ३ र बाग्लुङ१ का क्रमशः ३७ र ४६ बर्षीय गरि २ जना पुरुष भारतबाट आई क्वारेन्टाइनमा बसेका छन् । अन्य सबै संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

दोस्रो अध्यावधिक विवरण अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परिक्षणमा पोखरा माहानगरपालिका ३ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेमा पोखरा महानगरपलिका ६ का ३१ र २७ वर्षीय पुरुष हुन् । उनीहरु पर्यटक प्रहरीमा कार्यरत गर्दै आईरहेका थिए ।

अर्का संक्रमित पोखरा माहानगरपालिका ४ का ३८ वर्षीय पुरुष हुन् । पुतलीबजार स्याङ् जा स्थायी ठेगना भई हाल पोखरामा पत्रकारीता गर्दै आएका थिए ।

यस्तै, तनहुँमा १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तनहुँ सुक्लागण्डकी १० का २८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो । हाम्स अस्पताल काठमन्डौँको प्रयोगशालमा गरिएको परिक्षणमा नवलपुर कावासोती ८ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको छ ।

पोखरामा अर्का पत्रकारलाई कोरोना पुष्टि

पोखराका क्रियाशील पत्रकार गोविन्द सुवेदीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ पत्रिका र रेडियो बाराहीसँग आबद्ध सुवेदी पत्रकार फिल्ड रिपोर्टिङ गर्छन् । सामान्य ज्वरो आएपछि कोरोनाको आशंकामा उनले स्वाब दिएका थिए । ३ दिनपछि बुधबार बिहान रिपोर्ट पोजिटिभ आएको हो ।

उनले आफ्नो स्वास्थ्य अवस्था धेरै सुधार भइसकेको जनाएका छन् । अहिले अवस्था सामान्य रहेको र पोखराको गैह्रापाटनस्थित डेरामै आफू रहेको बताएका छन् ।

उनले लेखेका छन् : ज्वरो आएपछि स्वाव दिएँ । रिपोर्ट आउँदासम्म धेरै सुधार भइसकेको छ । सम्पूर्ण शुभेच्छुक र शुभचिन्तक ज्युहरुमा ढुक्क रहन आग्रह गर्दछु । कोरोनालाई छिट्टै जित्ने छु । तै पनि जो जो नजिक रहनुभयो सुरक्षित रहनुहोला ।

यसअघि, लेखनाथका पत्रकार रामशरण नेपालीले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ