थप ११ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा संक्रमितको संख्या ३२९१ पुग्यो

थप ११ जनामा कोरोना संक्रमण पुष्टि, गण्डकीमा संक्रमितको संख्या ३२९१ पुग्यो

corona-Update

पोखरा – गण्डकीमा थप ११ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको शुक्रबार बिहानको पहिलो अद्यावधिक विज्ञप्ति अनुसार प्रदेशका तीन जिल्ला स्याङ्गजा, तनहुँ र नवलपुरका ११ जनामा कोरोना पुष्टि भएको हो ।

बिपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा स्याङ्गजाका पालिका नखुलेको ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यता चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षणमा तनहुँको देवघाट गाउँपालिका वडा नं ५ का २७ र ५८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । भने, नवलपुरको ३ जना पालिका नखुलेको ४ वर्षीय वालक, २५ वर्षीय पुरुष र ४५ वर्षीया महिला, गैंडाकोट नगरपालिका २, १ र ६ का क्रमश: ३० वर्षीय पुरुष, ६५ वर्षीय पुरुष र २७ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै जिल्लाकै कावासोती नगरपालिका ८ का २१ वर्षीय पुरुष र देवचुली नगरपालिका १२ का २१ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ  ।

संक्रमित सबैजना परीक्षण गरिएको अस्पतालकै आइसोलेसनमा बसेका छन् । यो, संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३२९१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ