गण्डकीमा थप १ को कोरोनाबाट मृत्यु, मृतकको संख्या ३२ पुग्यो

गण्डकीमा थप १ को कोरोनाबाट मृत्यु, मृतकको संख्या ३२ पुग्यो

corona-death pkr

तस्विर सौजन्य: राधिका कँडेल (पत्रकार, पोखरा)

गण्डकी प्रदेशमा थप १ को कोरोनाबाट मृत्यु भएको छ । नवलपरासी (ब.सु.पू) का ३१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको चितवनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार राति १२ बजेर १८ मिनेट जाँदा मृत्यु भएको हो ।

उनी भदौ २६ गते अस्पताल भर्ना भएका थिए भने २६ गते नै उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा जटिल श्वासप्रश्वास तथा मृगौला स्म्बन्धी समस्याबाट ग्रसित रहेका थिए ।

योसहित गण्डकीमा मृतकको संख्या ३२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १०, गोरखा र नवलपुरका ६/६, तनहुँका ४, स्याङ्जाका ३, बागलुङ, म्याग्दी र लमजुङका १/१ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ