काठमाडौ । बेलयातको कोभेन्ट्री विश्व विद्यायलको आइटी पाठ्यक्रमको अध्यापन गराइरहेको काठमाडौको सफ्ट्वेरिका कलजे अफ आइटी एन्ड ईकमर्सले दस जना विद्यार्थीलाई बेलायतमा नि:शुल्क अवलोकन भ्रमण गराउने भएको छ ।
विद्यार्थीहरुले कोभेन्ट्री विश्वविद्यालयको भ्रमण गर्ने, विभिन्न विश्वविद्यालय लेक्चर कक्षामा भाग लिने तथा कार्यशालाहरुमा सहभागी हुने कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले जानकारी दिए ।
विद्यार्थीहरुले यात्राका बेला लन्डन आई टावर ब्रिज, लन्डन म्यूजियम लगायत बेलायतका प्रमुख पर्यटकीय स्थलहरू अवलोकन गर्ने तालिका रहेको श्रेष्ठले बताए।
१० दिनका लागि करिब ५० लाख खर्चेर कलेजले विद्यार्थीको आवतजावतको टिकट, बसोबासको व्यवस्था गरेको कलेजका बिजनेस डाइरेक्टर अमृत थापाले जानकारी दिए ।
विभिन्न कार्यक्रमहरूमा कलेजको प्रतिनिधित्व गर्ने, जिज्ञासु र उत्कृष्ट प्रस्तुतीकरण क्षमता भएका र पारस्परिक कौशल भएका एवं प्रत्येक मोड्युलमा न्यूनतम ९० प्रतिशत उपस्थिति र पढाईमा लगनशील विद्यार्थी छनौट गरिने कलेज प्रमुख प्रमोद पौडेलले जानकारी दिए ।
कलेजका २६ र २७ ब्याच सहभागी हुने भ्रमणमा ३० प्रतिशत सिट महिला विद्यार्थीको रहने पौडेलले जानकारी दिए । १५ नोभम्बर, २०२० सम्म आवेदन लिएर २०२१ मा अवलोकन भ्रमण गराइने बताइएको छ ।
सम्बन्धित खबर
फेदीखोलाका विद्यार्थीले बनाए एआई च्याटबोट, ‘जोया’ बन्यो उत्कृष्ट परियोजना
स्याङ्जाका विद्यार्थीले देखाए विज्ञानप्रतिको रुचि, विद्यालयमै चम्किए नयाँ आविष्कार
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु