एनएफपीजेको ३ दिने नि:शुल्क फोटोग्राफी तालिम आजदेखि

एनएफपीजेको ३ दिने नि:शुल्क फोटोग्राफी तालिम आजदेखि

nfpj train

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले आफ्नो २४ औं स्थापना दिवस अवसरमा फोटोग्राफी सम्बन्धी नि:शुल्क तालिम सञ्चालन गर्दैछ ।

विगतका वर्षहरुमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदै आएको एनएफपीजेले यस वर्ष कोरोना भाईरसको महामारीका कारण भर्चुअल विधिबाट ३ दिने तालिम सञ्चालन गर्न लागेको हो । आज असोज २, ३ र ४ गते साँझ ८ देखि १० बजेसम्म जुम् एपको माध्यमबाट निस्शुल्क तालिम संचालन गरी दिवस मनाउन लागेको महासचिव प्रदिपराज वन्तले जानकारी दिए ।

निस्शुल्क फोटोग्राफी तालिम लिन इच्छुक देश तथा विदेशमा रहेका फोटो पत्रकारहरुले सहभागिता जनाउन सक्ने महासचिव वन्तले फेसबुकमार्फत नै आह्वान गरेका छन् ।

तालिममा एनएफपीजेका अध्यक्ष एवम् नेपालका बरिष्ठ फोटो पत्रकार राजेन्द्र चित्रकार, महासचिव एवम् राससका फोटो पत्रकार प्रदिपराज वन्त र फोटोग्राफीका दक्ष प्रशिक्षक एव् प्रधानमन्त्री सचिवालयका फोटो पत्रकार राजन काफ्लेले सहजीकरण गर्नेछन् ।

https://www.facebook.com/photo.php?fbid=10220978631153150&set=a.10203086090010804&type=3&theater

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ