दाउरा टिप्ने क्रममा नदीले बगाएर बाबु छोरी बेपत्ता

दाउरा टिप्ने क्रममा नदीले बगाएर बाबु छोरी बेपत्ता

khola-badhi

नवलपुर – नवलपुरको मध्यबिन्दुमा नदीले बगाएर बाबु छोरी बेपत्ता भएका छन् ।

मध्यबिन्दु नगरपालिका वडा नं १५ र १२ को सिमाना नारायणी नदी र अरुण खोलाको दोभानमा नारायणी नदीले बगाएर ल्याएको दाउरा टिप्ने क्रममा शुक्रबार दिउँसो अन्दाजी २ बजेको समयमा मध्यबिन्दु–१५ तल्लो भ्यूरानका ४५ वर्षका बाबु र १४ वर्षकी छोरी बगेर बेपत्ता बनेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार दाउरा छोप्न गएका एकै परिवारका तीन जनामध्ये भुपाल क्षेत्री र सुजिता क्षेत्रीलाई नदीले बगाएको हो । भने, भुपालकी ४३ वर्षीया श्रीमती सानी क्षेत्रीलाई स्थानीयले सकुशल उद्वार गर्न सफल भएका हुन् ।

बेपत्ता बाबु–छोरीको प्रहरी र स्थानीयले खोजतलास गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ