पोखराका १३ सहित गण्डकीमा थपिए ५१ जना कोरोना संक्रमित

पोखराका १३ सहित गण्डकीमा थपिए ५१ जना कोरोना संक्रमित

Gandaki covid corona 5

पोखरा – पोखराका १३ जना सहित गण्डकीमा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको शनिबारको दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका चार जिल्ला कास्की- १३, स्याङ्गजा- १, तनहुँ- ३ र नवलपुरका- ३४ गरी कूल ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको पीसीआर परीक्षणमा पोखरा- ४ का ४०, १८, ४१ वर्षीय पुरुष त्यस्तै ७१ वर्षीया महिला, पोखरा- ७  का ४७ वर्षीय पुरुष, पोखरा-८ का ३५, २८, २८ वर्षीय पुरुष, पोखरा- ३० का २१ वर्षीय पुरुष, पोखरा- १२ का ५४, २४ वर्षीया महिला, पोखरा-२७ का २९ वर्षीय पुरुष, पोखरा-६ का३४ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।

पोखरा विश्वविद्यालयमा कार्यरत १ जना चिकित्सकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैलाई आइसोलेसनमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३४०२पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ