तनहुँको व्यासका ३ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको व्यासका ३ जनामा कोरोना संक्रमण पुष्टि

Corona Test PCR

तनहुँ । तनहुँमा ३ जना कोरोना संक्रमित थपिएका छन ।

शनिबार जिल्लाको व्यास नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले व्यास-६ का तीन जना भनेर सार्वजनिक गरेतापनि तीन जना संक्रमित फरक फरक वडाका हुन ।

व्यास-४, ६ र ७ का तीन जना संक्रमित रहेकोे व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

३३, ६० र ३९ वर्षका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-४ का संक्रमित कन्काई बोर्डिङ स्कुलको कोठामा, व्यास-६ का संक्रमित मदर्सा प्राविको क्वारेन्टिनमा र व्यास-७ का संक्रमित पनि छुट्टै कोठामा क्वारेन्टिनमा बसेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds