पोखरा । साझा पार्टीको युवा संगठन साझा युवा संगठनले गण्डकी प्रदेशमा संगठन विस्तार गरेको छ । शनिबार भर्चुअल भेलामार्फत् राजन पन्थीको संयोजकत्वमा २९ सदस्यीय प्रदेश समिति घोषणा गरेको हो ।
शनिवार भर्चुअल कन्फ्रेन्स मार्फत घोषणा गरिएको प्रदेश समिति सदस्यहरुमा तनहुँकी हमिदा मियाँ, तनहुँका सन्देश अधिकारी, लमजुङकी एनिका सापकोटा, लमजुङका आशिष श्रेष्ठ, चक्र थापा, लमजुङकी यशोदा शर्मा , बाग्लुङका अमर रेग्मी, हरि चालिसे, स्याङ्जाका सुमन भट्टराई, युवराज ढकाल, पुर्ण वाग्ले, पर्वतका भिमलाल बस्याल, राजन भुषाल, कास्कीकी अनुपा वाग्ले, ममता सुवेदी, मनिषा मगर, कास्कीका प्रतीक सुनार, रोशन सुनार, अनिष बास्तोला, गोर्खाका सुरज भुजेल, उपेन्द्र लामिछाने, असन ढकाल, दिपेन्द्र लामिछाने, नारायण ढकाल, असिम पोख्रेल, नवलपुरका शरद अर्याल, नवलपुरकी प्रतीक्षा पौडेल र म्याग्दीका थम प्रसाद आचार्य रहेका छन् ।
घोषणा कार्यक्रमलाई साझा पार्टीको अफिसियल फेसबुक पेज, साझा युवा संगठनको र पार्टीका संयोजक रविन्द्र मिश्रको फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो । संगठनको गण्डकी प्रदेश संयोजकमा चयन भएपछि राजन पन्थीले प्रदेशका हरेक स्थानीय तह र वडा तहसम्म पुर्याउने एवम् आउने निर्वाचनमा वैकल्पिक राजनीतिलाई थप सशक्त बनाउँदै राजनीतिमा युवाहरुको सकारात्मक हस्तक्षेप गर्ने लक्ष्य लिएको बताए ।
घोषणा कार्यक्रममा साझा पार्टी केन्द्रीय संयोजक रविन्द्र मिश्र, गण्डकी प्रदेश पार्टी संयोजक महेश भण्डारी, साझा पार्टी युवा संगठन केन्द्रीय संयोजक अबदुस मियाले शुभकामना व्यक्त गरे । संगठनले अन्य प्रदेशमा पनि छिट्टै संगठन विस्तार गर्ने जनाएको छ ।


सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ