तनहुँको बैरेनीका २ जनामा कोरोना पुष्टि, संक्रमित दिदिबहिनी

तनहुँको बैरेनीका २ जनामा कोरोना पुष्टि, संक्रमित दिदिबहिनी

corona test

तनहुँ । तनहुँमा दुई जना कोरोना संक्रमित थपिएका छन ।

संक्रमितको जिल्लाको व्यास नगरपालिका वडा नम्बर १० बैरेनीका स्थानीय हुन ।

जिल्लाको १२ र २१ वर्षीया दुई जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयले जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत भनेतापनि अस्पतालका कार्याकारी निर्देशक डा. राम कुमार श्रेष्ठका अनुसार अस्पतालमा स्वाब संकलन पश्चात उनीहरुलाई होम क्वारेन्टिनमा बस्ने गरि पठाइएको थियो ।

रिपोर्ट नआउँदा सम्म घर भित्र नै बस्नेगरि फिर्ता पठाइएको डा.श्रेष्ठले बताए । उनले भने ‘ज्वरो आएर अस्पताल आएका उनिहरुमा कोरोना भाइरस संग मिल्दोजुल्दो लक्षण देखिकाले स्वाब संकलन गरि परीक्षणका लागि पठाएका थियौ, आज रिपोर्ट पोजेटिभ आएछ ।

ऊनीहरु एकै घरका दिदीबहिनी हुन ।

कोरोना संक्रमित दिदीबहिनी अहिले घरमै रहेको र अब आइसोलेसनमा ल्याउने तयारी भईरहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds