पोखरा –पोखरामा आज आइतबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको पहिलो दोस्रो र तेस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका एकैदिन ११ वडाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कास्कीमा हालसम्म ८१५ संक्रमित फेला परेको छ, जसमध्य ३३२ जना निको भएर घर फर्किसकेको छन् भने सक्रीय् संक्रमित ४८२ रहेको छ । कास्कीमा अहिले सम्म ११ कोरोना संक्रमितको मृत्यु भएको छ ।
पहिलो अद्यावधिक विज्ञप्ति अनुसार पोखरामा थपिए ५ कोरोना संक्रमित
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा- १२ का २२ वर्षीय पुरुष, पोखरा- १० का ३६ वर्षीय पुरुष, पोखरा-८ का १७ वर्षीया महिला, पोखरा- २५ का २६ वर्षीय पुरुष, पोखरा- ५ का ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको छ ।
दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार पोखराका १३ जनामा कोरोना पुष्टी
पोखरा महानगरपालिका वडा नम्बर ७ मा कार्यरत ६ जना प्रहरीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा वडा नम्बर ६ का २५ वर्षीय १ महिला र ४४ वर्षीय १ पुरुष, ७ का ३८ वर्षीय पुरुष, वडा नम्बर १७ का २७ वर्षीय महिला तथा ४५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

तेस्रो अद्यावधिक विज्ञप्ति अनुसारपोखराका १ जनामा कोरोना पुष्टी

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ