तनहुँको शुक्लागण्डकीमा थपिए १७ जना कोरोना संक्रमित

तनहुँको शुक्लागण्डकीमा थपिए १७ जना कोरोना संक्रमित

Corona update 4

तनहुँ । तनहुँमा १७ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको शुक्लाण्डकी नगरपालिका वडा नं. ५, ११ र १० का १७ जनामा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखराको प्रयोगशालामा गरिएको परिक्षणमा वडा नं. ५ का ५२, १२, ११ र ५७ वर्षका ४ जना पुरुषमा र १४, १७, ३६, १९, १६, १२, ९, १९, १६ उमेर समुहका ९ जना महिलाहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वडा नं. ११ का ३५ वर्षीय पुरुष र वडा नं. १० का ३६ वर्षीय पुरुषमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

तनहुँमा योसहित ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये २३४ जना निको भएर घर फर्किएका छन । जिल्लामा कोरोना संक्रमणको कारण ४ जना महिलाको मृत्यु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds