पोखरा । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा पोखराको पृथ्वीचोकमा शान्तिपूर्ण प्रदर्शन भएको छ । सत्याग्राही डा.गोबिन्द केसी अनसन बसेको हप्तादिन कटिसक्दा समेत उनको मागको सुनुवाई भएको छैन ।
केसीका मागहरु यथाशीघ्र पुरा गर्दै जीवनरक्षाको र उज्यालो नेपालका नायक कुलमानको पुनन्युक्तीको माग सहित जागाँै पोखरा अभियान, सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्स र सार्वजनिक बौद्धिक मञ्च नेपालको पोखरा च्याप्टरले सहकार्य गर्दै आज दोस्रो दिन पनि पृथ्वीचोकमा स्थित पोखरा मल अगाडि फुट ट्याकमा बिहान ११ देखि १२ बजेसम्म शान्तिपूर्ण धर्ना दिएको हो ।
धर्ना कार्यक्रम डा.केसीका माग र कुलमान घिसिङलाई पुनःनियुक्ति नगरेसम्म जारी राख्ने तथा सरकार यी मागमा गम्भीर नदेखिएको हुँदा अझै सशक्त कार्यक्रम गर्ने तयारी भैरहेको जागौँ पोखरा अभियानका सूचना अधिकारी तथा प्रवक्ता कृष्ण बरालले जानकारी दिए ।

कार्यक्रममा उपस्थित साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनाल, समाजवादी विद्यार्थी युनियनका प्रदेश संयोजक रेशम सापकोटा, सामाजिक अभियान्ता स्मृति बराल लगायतले आफूहरु राजनीति भन्दा माथि उठेर डा. गोबिन्द केसीका जायज माग पूरा गर्न र जीवन रक्षा गर्नको लागि सडकमा आएको जनाउँदै अन्तिमसम्म साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’