पोखरा । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर जुम्लामा आमरण अनशन बसेका डा. गोविन्द केसीको पक्षमा पोखराको पृथ्वीचोकमा शान्तिपूर्ण प्रदर्शन भएको छ । सत्याग्राही डा.गोबिन्द केसी अनसन बसेको हप्तादिन कटिसक्दा समेत उनको मागको सुनुवाई भएको छैन ।
केसीका मागहरु यथाशीघ्र पुरा गर्दै जीवनरक्षाको र उज्यालो नेपालका नायक कुलमानको पुनन्युक्तीको माग सहित जागाँै पोखरा अभियान, सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्स र सार्वजनिक बौद्धिक मञ्च नेपालको पोखरा च्याप्टरले सहकार्य गर्दै आज दोस्रो दिन पनि पृथ्वीचोकमा स्थित पोखरा मल अगाडि फुट ट्याकमा बिहान ११ देखि १२ बजेसम्म शान्तिपूर्ण धर्ना दिएको हो ।
धर्ना कार्यक्रम डा.केसीका माग र कुलमान घिसिङलाई पुनःनियुक्ति नगरेसम्म जारी राख्ने तथा सरकार यी मागमा गम्भीर नदेखिएको हुँदा अझै सशक्त कार्यक्रम गर्ने तयारी भैरहेको जागौँ पोखरा अभियानका सूचना अधिकारी तथा प्रवक्ता कृष्ण बरालले जानकारी दिए ।

कार्यक्रममा उपस्थित साझा पार्टीका कास्की जिल्ला संयोजक अर्जुन खनाल, समाजवादी विद्यार्थी युनियनका प्रदेश संयोजक रेशम सापकोटा, सामाजिक अभियान्ता स्मृति बराल लगायतले आफूहरु राजनीति भन्दा माथि उठेर डा. गोबिन्द केसीका जायज माग पूरा गर्न र जीवन रक्षा गर्नको लागि सडकमा आएको जनाउँदै अन्तिमसम्म साथ दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु