गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४७९ पुगेको छ । पोखरा २ जनासहित कास्कीमा ६ जना र गण्डकी प्रदेशमा ४० जना संक्रमित थप भएका छन् ।
पछिल्लो पटक क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १ जना संक्रमित कास्की जिल्ला, पोखरा महानगरपालिका ११ का ४६ बर्षीय पुरुष हुन् । उनी गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालयमा कार्यरत कर्मचारी हुन् । उनलाई आईसोलेसनमा ब्यबस्थापन गरिएको छ।
यसअघि, दोस्रो विज्ञप्ती अनुसार कास्कीसहित गण्डकी प्रदेशका ५ जिल्लामा ३८ कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार कास्की जिल्लाला ४ जना सहित गण्डकी प्रदेशका थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । निर्देशनालयले कास्की सँगै बागलुङका १४ जना, तनहुँका १७ जना, स्याङजाका २ जना र गोरखाका १ जना गरी गण्डकीका ३८ जनामा कोरोना भाइरस देखिएको जानकारी दिएको हो ।
निर्देशनालयका अनुसार कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ का ५७ वर्षीय पुरुष, कास्कीको रुपा गाउँपालिकाका २३ वर्षीय पुरुष तथा २० र ४३ वर्षीया महिलामा कोरोना देखिएको हो । त्यसैगरी तनहुँ सुक्लागण्डकीका ५ वटा वडाका ८ पुरुष तथा ९ महिला, बागलुङ ढोरपाटन १ र ४ का ७ पुरुष तथा ७ महिला , स्याङजा पुतलीबजारका २९ वर्षीय पुरुष तथा ७२ वर्षीया महिला एवं गोरखा सिरानचोक ६ का ३३ वर्षीय पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
बिहानै गण्डकी प्रदेशमा थप भएका नयाँ १ जना संक्रमितमा कास्की जिल्ला, पोखरा महानगरपालिका २८ का १९ बर्षीय पुरुष हुन् । उनी पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा कोरोना परिक्षण गर्न आएका थिए ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले अबबाट कोरोनाको लक्षण देखिएकाको मात्र पिसिआर परीक्षण गर्ने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट लागू हुने गरेर अस्पतालको ओपिडीरफिभर क्लिनिकमा खटिएका चिकित्सकले जाँच गर्दा कोरोना भाइरस (कोभिड १९) को लक्षण भएका व्यक्तिहरुको मात्र पिसिआर परीक्षण गर्ने भएको छ । प्रतिष्ठानले आज प्रेस विज्ञप्ति जारी गर्दैै कोरोनाको लक्षण देखिएकाको मात्र पिसिआर परीक्षण गर्ने बारेमा जानकारी दिएको हो ।
‘होम आइसोलेसनमा रहेका, ट्राभल हिस्ट्री भएका तथा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका सेवाग्राहीहरुले स्वाब संकलनका लागि आफू बसोबास गरिरहेको पालिका, वडा कार्यालयहरुमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।’ प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
उल्लेखित समुह वा वर्गमा पर्ने बाहेकका सेवाग्राहीले स्वेच्छाले पिसिआर परीक्षण गराउन चाहेमा सशुल्क परीक्षणका लागि प्रतिष्ठानमा सञ्चालनमा रहेको फिभर क्लिनिकमार्फत् अस्पतालको काउन्टरमा सम्पर्क गरे तोकिएको रकम बुझाएपछि पिसिआर परीक्षण गर्न सक्ने प्रतिष्ठानले जानकारी दिएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु