लमजुङका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनालाई संक्रमण पुष्टि

लमजुङका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनालाई संक्रमण पुष्टि

Corona update 4

गण्डकी प्रदेशमा थप ११ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार लमजुङका ६ तनहुँका ४ बाग्लुङका १ गरि थप ११ जनालाई संक्रमण पुष्टि भएको छ ।

लमजुङका ६  संक्रमितहरु बेसीसहर नगरपालिका तथा मस्र्याङ्दी गाउँपालिकाका हुन् । बेसीसहर नगरपालिका का १ महिला तथा १ जना पुरुष सनराइज बैंकमा कार्यरत कर्मचारी र १ संक्रमित भारतबाट आएका निर्देशनालयले जानकारी दिएको छ ।

यस्तै तनहुँका ४ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको ऋषिङ गाउँपालिका वडा नम्बर ५ का ३ तथा वडा नम्बर ६ का १ जना पुरुष रहेका छन् । तनहुँका चारै जना संक्रमित भारतबाट आएका हुन् ।

यस्तै बाग्लुङका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको बरेङ १ का १९ वर्षीय पुरुष हुन् । यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ४ सय ९३ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ