तनहुँ । तनहुँमा ६ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको ऋषिङ गाउँपालिकाका ४ जना र शुक्लागण्डकी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।
ऋषिङ-५ का ३६, १९ र ६० वर्षीय पुरुष र ऋषिङ-६ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
ऋषिङका ४ जना पुरुषहरु भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिकाको ६ र ७ नम्बर वडामा दुई जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा भारतबाट आएका जिल्लाको शुक्लागण्डकी-७ का ३९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै जिल्लाको शुक्लागण्डकी-६ का ३० वर्षीय कोरोना संक्रमित महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन । उनि गर्भवती रहेकी छिन ।
योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४०७ जना पुगेको छ ।
त्यस्तै ४ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।


सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण