तनहुँमा गर्भवती महिलासहित ६ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँमा गर्भवती महिलासहित ६ जनामा कोरोना संक्रमण पुष्टि

corona test

तनहुँ । तनहुँमा ६ जना कोरोना संक्रमित थपिएका छन ।

जिल्लाको ऋषिङ गाउँपालिकाका ४ जना र शुक्लागण्डकी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

ऋषिङ-५ का ३६, १९ र ६० वर्षीय पुरुष र ऋषिङ-६ का ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

ऋषिङका ४ जना पुरुषहरु भारतबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

यस्तै जिल्लाको शुक्लागण्डकी नगरपालिकाको ६ र ७ नम्बर वडामा दुई जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा भारतबाट आएका जिल्लाको शुक्लागण्डकी-७ का ३९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै जिल्लाको शुक्लागण्डकी-६ का ३० वर्षीय कोरोना संक्रमित महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छिन । उनि गर्भवती रहेकी छिन ।

योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४०७ जना पुगेको छ ।

त्यस्तै ४ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds