पोखरा – कास्की प्रहरीले बन्यजन्तुको अबैध छाला तथा आखेटोपहार सहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार पोखरा महानगरपालिका वडा नं ३१ लेखनाथस्थित शिसुवाबाट बनपोखरी तर्फ जाँदै गरेको प्रदेश नं ३ (०२-०११ प ७८०६) नम्वरको मोटरसाइकलबाट जेब्रा झोलामा लुकाई राखेको अवस्थामा बाघको छाला, सालकको खपेटा र हड्डीहरु सहित धादिङ जिल्ला गल्छी गाउँपालिका ४ बस्ने २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

हमालका अनुसार कास्कीमा अन्य जिल्लाबाट आएर बन्यजन्तुको आखेटोपहारको अबैध ओसारपसार तथा कारोवार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सहित मातहतको ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लामिछानेलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट बाघको छाला १ थान, सालकको खपेटा १ थान, बन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा गरी अन्दाजी ३ केजी ७५० ग्राम वरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
रवि लामिछानेमाथि लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा सरकारद्वारा फिर्ता
अर्जुनचौपारीमा जबरजस्ती करणी आरोपमा एक जना पक्राउ
१५ वर्षीया बालिका मृत्यु प्रकरण: पुतलीबजारका ४४ वर्षीय तिवारी पक्राउ
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ