पोखरा – कास्की प्रहरीले बन्यजन्तुको अबैध छाला तथा आखेटोपहार सहित एक जनालाई पक्राउ गरेको छ ।
मंगलबार पोखरा महानगरपालिका वडा नं ३१ लेखनाथस्थित शिसुवाबाट बनपोखरी तर्फ जाँदै गरेको प्रदेश नं ३ (०२-०११ प ७८०६) नम्वरको मोटरसाइकलबाट जेब्रा झोलामा लुकाई राखेको अवस्थामा बाघको छाला, सालकको खपेटा र हड्डीहरु सहित धादिङ जिल्ला गल्छी गाउँपालिका ४ बस्ने २८ वर्षीय सन्तोष लामिछानेलाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

हमालका अनुसार कास्कीमा अन्य जिल्लाबाट आएर बन्यजन्तुको आखेटोपहारको अबैध ओसारपसार तथा कारोवार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सहित मातहतको ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लामिछानेलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट बाघको छाला १ थान, सालकको खपेटा १ थान, बन्यजन्तुको जस्तो देखिने हाड, खुट्टा तथा पंजा गरी अन्दाजी ३ केजी ७५० ग्राम वरामद गरेको छ । पक्राउ परेका उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय कास्की पठाइएको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’