तनहुँको व्यास र भिमादमा भारतबाट आएका ४ जनामा कोरोना संक्रमण पुष्टि

तनहुँको व्यास र भिमादमा भारतबाट आएका ४ जनामा कोरोना संक्रमण पुष्टि

Corona Test PCR

तनहुँ । तनहुँमा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लाको व्यास नगरपालिकाका १ जना र भिमाद नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

जिल्लाको व्यास-२ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै भिमाद-३ का ३६ र २६ वर्षीय पुरुष र भिमाद-१ का २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनलयले जनाएको छ ।

सबै संक्रमितहरु भारतबाट आएर क्वारेन्टिनमा बसेका व्यक्ति हुन् । योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४१२ जना पुगेको छ ।

त्यस्तै ४ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ