विद्युत कार्यालय दमौलीका कर्मचारीसहित तनहुँमा थप ११ जनामा कोरोना पुष्टि

विद्युत कार्यालय दमौलीका कर्मचारीसहित तनहुँमा थप ११ जनामा कोरोना पुष्टि

Corona Trot Swap

तनहुँ । तनहुँमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको व्यास नगरपालिकामा ५ जना, भानु नगरपालिकामा २ जना, आँबुखैरेनी गाउँपालिकामा ३ जना र देवघाट गाउँपालिकामा १ जना गरि थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-३ का २३ वर्षीय पुरुष, व्यास-१० का ४८ वर्षीय पुरुष र ५ वर्षीय बालक, व्यास-१० कै १८ र ४१ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

व्यास-१० का ४८ वर्षीय पुरुष विद्युत कार्यालय दमौलीमा कार्यरत छन । कार्यालयका अन्य कर्मचारी सुरक्षित रहेको विद्युत कार्यालय दमौलीका प्रमुख कपिल पाण्डेले जानकारी दिए ।

उनले भने ‘उहाँ पछिल्लो १ सातादेखि कार्यालय आउनु भएको थिएन र उहाँ काम गर्ने युनिटमा सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।’

कोरोना संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रमुख पाण्डेले जानकारी दिए ।

व्यास-१० का ३ जना संक्रमित एकै परिवारमा हुन् भने ५ वर्षिय बालक आफन्तका छोरा हुन् । त्यस्तै व्यास-३ का संक्रमित विदेशबाट आएका युवाक हुन् ।

त्यस्तै भानु-२ का २८ वर्षीय पुरुष, भानु-५ का ३६ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ ।

यसैगरी जिल्लाको आँबुखैरेनी-३ की ३३ वर्षिया महिला र ८ वर्षिया बालिका, आँबुखैरेनी-२ की ५९ वर्षिया महिला समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै देवघाट-५ का ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ४२३ जना पुगेको छ ।

त्यस्तै ४ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

यो पनि :

तनहुँको व्यास र भिमादमा भारतबाट आएका ४ जनामा कोरोना संक्रमण पुष्टि

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ