स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गयो, ८ जना बेपत्ता

स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गयो, ८ जना बेपत्ता

Pahiro11

सन्दर्भ तस्बिर

स्याङ्जामा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ । ८ जना पुरिएका छन् । अर्का एक जनाको उद्धार गरिएको छ ।

वालिङ नगरपालिका वडा नम्बर १४ मा माया परियारको घर पहिरोले भत्काएको प्रहरीले जनाएको छ । घरभित्र १० जना रहेकामा अहिलेसम्म एक जनाको शव निकालिएको र अर्का एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

अरु ८ जनालाई पनि निकाल्ने प्रयास भइरहे पनि घरमाथिबाट पहिरो झरिरहेकाले उद्धारमा कठिनाइ भएको उद्धारमा खटिएका स्थानीय रामचन्द्र खनालले बताउनुभयो । यसैगरी स्याङ्जाकै कालीगण्डकी गाउँपालिका ४ बिर्घाको गौतमटोलमा पहिरोले घर भत्काउँदा एक जनाको ज्यान गएको छ ।

सुतिरहेको बेला आज बिहान घरमाथिबाट खसेको पहिरोले घर भत्काउँदा बाबुराम परियारका छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ