तनहुँ आँबुखैरेनीका कोरोना संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु

तनहुँ आँबुखैरेनीका कोरोना संक्रमित पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु

corona death

File Photo.

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर ३ का ३९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल गएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो ।

कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ