पोखरा – गण्डकीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहीबार साँझको दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला नवलपुर र स्याङ्गजाका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर कावासोतीका वडा नं ९, २, ३, ८, १६ र ५ का महिला पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै जिल्लाको गैंडाकोट नगरपालिकाका वडा नं ४, १३, ३, १५, ९ र ५ का महिला पुरुष गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा गैंडाकोट नगरपालिका २ का ३४ वर्षीय पुरुष र नेशनल प्याथ ल्याव रुपन्देहीमा गरिएको परीक्षणमा विनय त्रिवेणी गाउँपालिका ३ का ४२ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
यता चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा स्याङ्गजा भीरकोट नगरपालिका ५ का ३९ वर्षीय पुरुष र बाहिरी प्रदेशबाट प्राप्त भएको जानकारी अनुसार स्याङ्गजा पुतलीबजार नगरपालिका १३ का ३५ वर्षीय पुरुष र वालिङ नगरपालिका १ का १८ वर्षीया युवतीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संक्रमितहरु मध्ये नवलपुर कावासोती ८ का ४२ वर्षीय पुरुष भारतबाट आएका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
यस्तै गत भाद्र २६ मा कास्की जिल्लामा प्रतिवेदन गरिएको १ जना महिलाको विवरण सच्याएर स्याङ्जा जिल्लाको विवरणमा समाबेश गरिएको निर्देशनालयले जानकारी दिएको छ ।
यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३६०४ पुगेको छ ।

सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा