गण्डकीमा थप २२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६०४ पुग्यो

गण्डकीमा थप २२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३६०४ पुग्यो

Gandaki-Mapp

पोखरा – गण्डकीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहीबार साँझको दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला नवलपुर र स्याङ्गजाका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर कावासोतीका वडा नं ९, २, ३, ८, १६ र ५ का महिला पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै जिल्लाको गैंडाकोट नगरपालिकाका वडा नं ४, १३, ३, १५, ९ र ५ का महिला पुरुष गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा गैंडाकोट नगरपालिका २ का ३४ वर्षीय पुरुष र नेशनल प्याथ ल्याव रुपन्देहीमा गरिएको परीक्षणमा विनय त्रिवेणी गाउँपालिका ३ का ४२ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

यता चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा स्याङ्गजा भीरकोट नगरपालिका ५ का ३९ वर्षीय पुरुष र बाहिरी प्रदेशबाट प्राप्त भएको जानकारी अनुसार स्याङ्गजा पुतलीबजार नगरपालिका १३ का ३५ वर्षीय पुरुष र वालिङ नगरपालिका १ का १८ वर्षीया युवतीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमितहरु मध्ये नवलपुर कावासोती ८ का ४२ वर्षीय पुरुष भारतबाट आएका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

यस्तै गत भाद्र २६ मा कास्की जिल्लामा प्रतिवेदन गरिएको १ जना महिलाको विवरण सच्याएर स्याङ्जा जिल्लाको विवरणमा समाबेश गरिएको निर्देशनालयले जानकारी दिएको छ ।

यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ३६०४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ