जनप्रतिनिधी र कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेपछि पोखरा २० को कार्यालय सिल

जनप्रतिनिधी र कर्मचारी समेत कन्ट्रयाक ट्रेसिङमा परेपछि पोखरा २० को कार्यालय सिल

pokhara 20 karyalaye

पोखरा  – वडा अध्यक्ष सहित कर्मचारीको पीसीआर रिपोर्ट नआउदा सम्मका लागि पोखरा महानगरपालिका वडा नम्बर २० को कार्यालय सिल गरिएको छ ।

गत असोज १ गते सोही वडाका एक महिलामा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङमा परेका ४ मध्ये कोभिड १९ बाट २ जना पोजेटिभ देखिएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका जनप्रतिनिधी र कर्मचारीहरु समेत परेकाले उनीहरुको आज पीसीआर टेष्टका लागि स्वाब संकलन गरिएको र रिपोर्ट नआउन्जेल सम्मको लागी वडा कार्यालय पूर्णरुपमा सिल गरिएको वडा अध्यक्ष सिम गुरुङले जानकारी दिए ।

वडाले नै एक विज्ञप्ती जारी गरी वडामा पहिलो संक्रमित संगको कन्ट्रयाक ट्रेसिङमा परेका थप दुइ जनामा कोरोना पुष्टि भएको र उनीहरुको कन्ट्रयाक ट्रेसिङमा वडाका अध्यक्ष सहित जनप्रतिनिधी र कर्मचारीहरु गरी २९ जनाको स्वाब संकलन भइसकेको र उनीहरुको पीसीआर रिपोर्ट नआउदा सम्म वडा पूर्ण रुपमा बन्द रहने र वडाबाट हुने कुनैपनि कामकाज समेत नहुने जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 2 seconds