पोखरामा बिहीबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, नवलपुरका १९ जना र स्याङ्जाका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३६ सय ४ पुगेको छ । आज मात्रै ८८० स्वाब टेस्ट गरिएकोमा २५ जनाको रिपोर्ट पोजिटिभ आएको हो । आजै १३० जना निको भएर घर फर्किएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आज जारी पहिलो विज्ञप्ती अनुसार कास्कीको पोखराका संक्रमित वडा नम्बर ९ का ४२ वर्षिय एक पुरुष, वडा नम्बर १० का ३२ वर्षिय एक पुरुष र सोहि वडाका ३४ वर्षिय पुरुष रहेका छन् ।
पोखरा ९ का ४२ बर्षीय पुरुष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरामा कार्यरत कर्मचारी हुन् । उनी काठमाडौँबाट आएका थिए ।
दोस्रो विज्ञप्ती अनुसार गण्डकीमा थप २२ जना संक्रमित पुष्टि भएको छ । साँझको दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला नवलपुर र स्याङ्गजाका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर कावासोतीका वडा नं ९, २, ३, ८, १६ र ५ का महिला पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै जिल्लाको गैंडाकोट नगरपालिकाका वडा नं ४, १३, ३, १५, ९ र ५ का महिला पुरुष गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।
यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा गैंडाकोट नगरपालिका २ का ३४ वर्षीय पुरुष र नेशनल प्याथ ल्याव रुपन्देहीमा गरिएको परीक्षणमा विनय त्रिवेणी गाउँपालिका ३ का ४२ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।
यता चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा स्याङ्गजा भीरकोट नगरपालिका ५ का ३९ वर्षीय पुरुष र बाहिरी प्रदेशबाट प्राप्त भएको जानकारी अनुसार स्याङ्गजा पुतलीबजार नगरपालिका १३ का ३५ वर्षीय पुरुष र वालिङ नगरपालिका १ का १८ वर्षीया युवतीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संक्रमितहरु मध्ये नवलपुर कावासोती ८ का ४२ वर्षीय पुरुष भारतबाट आएका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । यस्तै गत भाद्र २६ मा कास्की जिल्लामा प्रतिवेदन गरिएको १ जना महिलाको विवरण सच्याएर स्याङ्जा जिल्लाको विवरणमा समाबेश गरिएको निर्देशनालयले जानकारी दिएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान