गण्डकीमा आज कोभिड अपडेटः २५ जना थपिए, १३० जना निको, पोखराका थप ३ जनामा कोरोना पुष्टि

गण्डकीमा आज कोभिड अपडेटः २५ जना थपिए, १३० जना निको, पोखराका थप ३ जनामा कोरोना पुष्टि

Gandaki covid corona 2

पोखरामा बिहीबार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परिक्षणमा पोखरा महानगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । यस्तै, नवलपुरका १९ जना र स्याङ्जाका ३ जनामा कोरोना संक्रमण देखिएको छ । यस सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ३६ सय ४ पुगेको छ । आज मात्रै ८८० स्वाब टेस्ट गरिएकोमा २५ जनाको रिपोर्ट पोजिटिभ आएको हो । आजै १३० जना निको भएर घर फर्किएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको आज जारी पहिलो विज्ञप्ती अनुसार कास्कीको पोखराका संक्रमित वडा नम्बर ९ का ४२ वर्षिय एक पुरुष, वडा नम्बर १० का ३२ वर्षिय एक पुरुष र सोहि वडाका ३४ वर्षिय पुरुष रहेका छन् ।

पोखरा ९ का ४२ बर्षीय पुरुष अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखरामा कार्यरत कर्मचारी हुन् । उनी काठमाडौँबाट आएका थिए ।

दोस्रो विज्ञप्ती अनुसार गण्डकीमा थप २२ जना संक्रमित पुष्टि भएको छ । साँझको दोस्रो अद्यावधिक विवरण अनुसार प्रदेशका दुई जिल्ला नवलपुर र स्याङ्गजाका थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर कावासोतीका वडा नं ९, २, ३, ८, १६ र ५ का महिला पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै जिल्लाको गैंडाकोट नगरपालिकाका वडा नं ४, १३, ३, १५, ९ र ५ का महिला पुरुष गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा गैंडाकोट नगरपालिका २ का ३४ वर्षीय पुरुष र नेशनल प्याथ ल्याव रुपन्देहीमा गरिएको परीक्षणमा विनय त्रिवेणी गाउँपालिका ३ का ४२ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

यता चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा स्याङ्गजा भीरकोट नगरपालिका ५ का ३९ वर्षीय पुरुष र बाहिरी प्रदेशबाट प्राप्त भएको जानकारी अनुसार स्याङ्गजा पुतलीबजार नगरपालिका १३ का ३५ वर्षीय पुरुष र वालिङ नगरपालिका १ का १८ वर्षीया युवतीको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमितहरु मध्ये नवलपुर कावासोती ८ का ४२ वर्षीय पुरुष भारतबाट आएका हुन् भने, अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । यस्तै गत भाद्र २६ मा कास्की जिल्लामा प्रतिवेदन गरिएको १ जना महिलाको विवरण सच्याएर स्याङ्जा जिल्लाको विवरणमा समाबेश गरिएको निर्देशनालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ