लेखनाथ – ७६ सालको दशैं तिहारलाई बिट मारेर मंसिरको धान थन्क्याउने बेला देखि पुषको जाडो सम्म धमाधम बाटो खन्ने र सम्म्याउने काम भयो। रुख झाडीहरुलाई हटाउदै सम्म्याउदै रिसोर्टको लागि उपयुक्त जग्गा तयार भयो पोखरा महानगरपालिका २७ अर्घौं अर्चलेमा ‘थुम्को रिसोर्ट’ स्थानीय नामलाई प्राथमिकता दिंदै सो नाम नामांकन गरियो। कोरोना कहरको ठ्याक्कै २ महिना अगाडी देखि काम थालनी भएको उक्त रिसोर्टको काम देशमा शुरु भएको लकडाउनले केही समय अन्यौलमा पार्यो। सामान आपूर्ति लगभग ठप्प जस्तै भयो।
गाउँघरमा भएकाले पनि हुन सक्छ केही समय पछि उपलब्ध सामाग्रीले कामको पुन सुरुवात भयो। पुरानो संस्करणको गोलो घरको कन्सेप्ट लाई अत्याधुनिक तवरले निर्माण गरेर दुई तलामा बस्न र माथिल्लो तल्लामा भ्यु हेर्नका लागि निर्माण गरिएको छ भने ग्राहक हरुका लागि बसेर खानका लागि खरका कटेजहरु बन्दै छन्।
संचालन प्रकाश रानाभाटको एकल लगानी रहेको उक्त रिसोर्टको जग्गा उनको पैत्रिक सम्पत्ती हो। करिब ७ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टको प्रारम्भिक लगानी करिब २ करोड रहेको संचालन रानाभाटले जानकारी दिएका छन्। “संसारमा कोरोना महामारी देखिए पछि हामीले रिसोर्ट लाई पहिलो, दोश्रो, तेश्रो र अन्तिम चरणमा विभाजन गर्यौं । यो निर्माणको पहिलो चरण हो, अन्य चरण देशको अवस्था र पर्यटन क्षेत्रको आवश्यकता लाई मध्य नजर गर्दै अगाडी बढ्ने छौं।” उनले भने।

अन्नपूर्ण हिमशृङ्खला अन्तर्गत माछापुच्छ्रे, अन्नपूर्ण हिमाल, धौलागिरी हिमाल, मर्दी हिमाल, पोखरा उपत्यका अन्तर्गत, पोखरा बजार, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, फेवा ताल, वेगनासताल, खास्टे तथा न्युरेनी ताल, सराङ्कोट डांडा कांहु, रुपाकोट, पुम्दी भुम्दि तथा भरतपोखरी डांडा सजिलै अवलोकन गर्न सकिन्छ। रातको समय शहरको बत्तिहरुले अझै मन्त्रमुग्ध गर्न कुनै कसुर छोड्दैन। पहिलो चरणको निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भैसकेको छ भने अन्य काम पनि धमाधम भैरहेको छ। अंग्रेज़ी नयाँ वर्ष अगावै ग्राहकलाई सेवा दिने सोच रहेको संचालक रानाभाटले बताएका छन्।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु