गण्डकीमा कोरोना संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ । पोखरामा थप १६ जनासँगै गण्डकी प्रदेशमा आज ४१ जना थपिएका हुन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दोस्रो विज्ञप्तिमा कास्कीको पोखरा महानगरका १० जना तथा माछापुच्छ्रे गाउँपालिकाका १ जना सहित गण्डकी प्रदेशमा ३३ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखराको भाटभटेनीमा कार्यरत पोखरा १७ का २४ वर्षीय पुरुष, पोखरा २७ का ५९ र ६० वर्षीय पुरुष तथा ३० वर्षीया महिला, भारतबाट आएर क्वारेन्टिनमा बसेका पोखरा २९ र ३० का ४९ र २१ वर्षीय पुरुष, पोखरा ३१ का १६ वर्षीय बालक, ४० वर्षीय पुरुष , १३ वर्षीया बालिका , २० वर्षीया महिला र माछापुच्छ्रे गाउँपालिका ६ की २६ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी गोरखा ४ पालिकाका ७ महिला तथा ५ पुरुष, लमजुङ राईनाशका भारतबाट आएर क्वारेन्टिनमा बसेका २१ बर्षीय पुरुष र नवलपुर गैँडाकोटका ७ वटा वडाका ९ जना पुरुषमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
यसअघि, बिहानै पोखरामा शुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले कास्कीको पोखरा महानगरका ४ वटा वडाका ५ पुरुष र १ महिला तथा लमजुङका २ पुरुष गरी गण्डकी प्रदेशमा ८ कोरोना संक्रमित थपिएको जानकारी दिएको हो ।
संक्रमण पुष्टि हुनेमा पोखरा ४ का ३२ वर्षीय पुरुष, पोखरा ६ का ४६ वर्षीय पुरुष तथा ४८ वर्षीय पुरुष, पोखरा ८ का १९ र ३९ वर्षीय पुरुष तथा पोखरा १७ का २८ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी लमजुङ सुन्दरबजार ५ का ३० वर्षीय पुरुष तथा पोखरा ७ का २९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
तनहुँका युवकको कोरोनाबाट मृत्यु
गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । तनहुँका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयले आज पुष्टि गरेको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले कोरोनाबाट तनहुँ आबुखैरेनी ३ का ३९ वर्षीय युवकको मृत्यु भएको जनाएको छ । चितवन मेडिकल कलेजमा उपचारत युवकको बिहीबार दिउँसो करिव १ बजे उपचारकै क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
उपचारका लागि भदौ २९ गते अस्पतालमा भर्ना भएका उनमा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा