लोकसेवाको रोकिएको परीक्षा कार्तिक १८ गते हुने

लोकसेवाको रोकिएको परीक्षा कार्तिक १८ गते हुने

lok-sewa

दशैँ लगत्तै लोकसेवा आयोगको परीक्षा सुरु हुने भएको छ। कोरोना संक्रमणको कारण झण्डै सात महिना रोकिएको परीक्षा आयोगले बिहीबार गरेको निर्णयअनुसार अधिकृत तह र नायव सुब्बा तहकोे परीक्षा कात्तिक १८ गतेदेखि सुरु गर्ने निर्णय गरेको हो।

आयोगकी प्रवक्ता गीताकुमारी होमागाइका अनुसार न्याय सेवा तर्फको अधिकृत तहको जाँच कात्तिक १८ गते प्रथम, १९ गते द्धितीय र २० गते तृतीय विषयको परिक्षा हुनेछ। त्यस्तै व्यवस्थापिका संसद सेवाको २१ र २२ गते हुनेछ।

आयोगले परराष्ट्र सेवा, सामान्य प्रशासन सेवा, लेखापरीक्षण र संसद सेवा तर्फको परिक्षा कात्तिक २३ गतेदेखि २७ गतेसम्म हुने जनाएको छ।

अधिकृत तहको परिक्षा गत चैत १७ गतेदेखि तोकिएको मा ११ गते नै लक डाउन हुँदा आयोगले सम्पूर्ण परिक्षा स्थगित गरेको थियो।होमागाइका अनुसार नासु तहको परिक्षा मंसिर ७ गतेदेखि सुरु हुनेछ। सुब्बाको द्धितीय पत्र समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापनको परिक्षा ७ गते र तृतीय पत्र सेवाअुनसार ८ गतेदेखि १२ गतेसम्म निरन्तर हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ