काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकका अवसरमा रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले ६४ औँ ग्रेस लिस्टको संक्षिप्त विवरण प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्री एवं त्रिविका कुलपति बालेन्द्र शाहको अध्यक्षतामा आयोजित उक्त बैठकमा प्रस्तुत विवरण अनुसार २०८२ असार १ गते देखि २०८३ असार मसान्त सम्म ट्रान्सक्रिप्ट लिएका जम्मा ९५,५४० जना विद्यार्थीहरू यस ग्रेस लिस्टमा समावेश रहेका छन्। कुल विद्यार्थीमध्ये प्राविधिकतर्फ १५.१० प्रतिशत र साधारणतर्फ ८४.९० प्रतिशत रहेका छन्।
विभिन्न सङ्काय तथा अध्ययन संस्थानगत रूपमा हेर्दा सबैभन्दा बढी व्यवस्थापन सङ्कायमा ४३,१४२ जना विद्यार्थी रहेका छन्। त्यसैगरी शिक्षाशास्त्र सङ्कायमा १६,५३३, मानविकी तथा सामाजिकशास्त्र सङ्कायमा १५,४४१, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६,६८८, इन्जिनियरिङ्ग अध्ययन संस्थानमा ५,९६०, कानुन सङ्कायमा ३,००१, चिकित्साशास्त्र अध्ययन संस्थानमा १,९२०, कृषि र पशु विज्ञान अध्ययन संस्थानमा ४६३ तथा वन विज्ञान अध्ययन संस्थानमा १९२ जना जनशक्ति उत्पादन भएका छन्। तहगत रूपमा स्नातक तहमा ७२,४०४, स्नातकोत्तरमा २२,५३३, एम.फिल.मा २५३, पिजीडिएसमा १६४ र विद्यावारिधिमा १६६ जना रहेका छन्।
ग्रेस लिस्टमा अटाएका र आज उपाधि प्रदान गर्न अनुमति पाएका विद्यार्थीहरूका लागि आगामी २०८३ साल पौष महिनामा मूल दीक्षान्त समारोह काठमाडौँमा आयोजना गरिने जानकारी दिइएको छ।
साथै, उक्त दीक्षान्त कार्यक्रमलाई देशका सातै वटा प्रदेशमा समेत आयोजना गर्ने गरी आवश्यक तयारी भइरहेको रजिष्ट्रार डा. शिवाकोटीले जानकारी दिए ।
सम्बन्धित खबर
बालेन भारत जाँदा तोड्दैछन् प्रधानमन्त्री भ्रमणका परम्परा
राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयोः ओली
आरजु र मलाई जेनजीले बचाएका हुन्, जेनजीको नाममा ५० वर्ष पुगेकाहरू लाठा बोकेर आएका थिए: देउवा
प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, नयाँ दिल्लीको एयरपोर्टमा राज्यमन्त्रीले स्वागत गर्ने
‘प्रधानमन्त्रीले सभापतिलाई थुने वा सभापतिले टेकओभर गरी प्रधानमन्त्री भए आश्चर्य मान्नु पर्दैन’
जो आउँछ, ओली, प्रचण्ड र देउवालाई थुन्दिन्छु भन्छ, हामीमाथि मजाक गर्ने: ओली
यो पनि पढौँ
पोखराका विवेक थापा: चलचित्रप्रतिको मोहले व्यवसायीबाट बने फिल्म निर्माता
स्याङ्जामा ४४४ मिटर लामो झोलुङ्गे पुल सञ्चालनमा, एक घण्टाको यात्रा १५ मिनेटमा
१८ वर्षभन्दा कम किशोरकिशोरीबीच सहमतिमा यौन सम्बन्ध भए जबरजस्ती करणी नमान्ने प्रस्ताव
अवकाश जीवन फलफूल खेतीमा लगाउँदै पूर्वएआईजी आचार्य