पोखरास्थित प्रतिभा माध्यमिक विद्यालय र शान्ति निकेतन माध्यमिक विद्यालयबीच आपसी सहलगानी तथा सहकार्य गर्ने सम्बन्धमा भएको समझदारी कार्यान्वयन नहुने भएको छ।
दुवै विद्यालयबीच पूर्वसहमति भई सहकार्य अघि बढाउने समझदारी बनेको भए पनि विभिन्न व्यावहारिक तथा व्यवस्थापकीय कारणले गर्दा सो योजना कार्यान्वयनमा कठिनाइ उत्पन्न भएपछि सहकार्य अघि नबढाउने निर्णय गरिएको हो।
प्रतिभा माविले शान्ति निकेतन माविमा लगानी तथा सहकार्य गर्ने विषयमा दुवै पक्षबीच आपसी समझदारी भएको थियो। तर, पूर्वसहमति अनुरूप योजना अघि बढाउन विभिन्न व्यावहारिक तथा व्यवस्थापकीय चुनौती देखिएपछि दुवै पक्षले समझदारीको भावना र संस्थाको दीर्घकालीन हितलाई ध्यानमा राख्दै सहकार्य अघि नबढाउने निर्णय गरेका हुन्।
दुवै विद्यालयबीच भएको निर्णयअनुसार अब प्रतिभा मावि र शान्ति निकेतन माविबीच कुनै पनि प्रकारको व्यावसायिक वा शैक्षिक सम्बन्ध नरहने जनाइएको छ।
उक्त निर्णय कुनै एक पक्षको असहमति वा एकतर्फी कदमका कारण नभई दुवै पक्षको आपसी समझदारी र सहमतिमा गरिएको स्पष्ट पारिएको छ।
यस निर्णयलाई सोही भावना र मर्मअनुरूप बुझिदिनका लागि विद्यालय प्रशासनले सम्पूर्ण विद्यालय परिवार (शिक्षक, विद्यार्थी तथा अभिभावक) लाई हार्दिक अनुरोध गरेको छ। दुवै संस्थाको दीर्घकालीन हित र आपसी समझदारीलाई प्राथमिकतामा राख्दै सहकार्यसम्बन्धी पूर्वयोजना अन्त्य गरिएको प्रतिभाले जनाएको छ।
पोखरा पालिखेचोकमा अवस्थित प्रतिभा मावि कक्षा १२ तहमा उत्कृष्ट नतिजा प्राप्त गर्दै मुलुकमै आफूलाई अब्बल विद्यालयका रुपमा स्थापित गरिसकेको विद्यालय हो ।
यस्तै, पर्स्याङमा रहेको शान्ति निकेतन एसएलसी तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउँदै स्तरीय विद्यालयका रुपमा आफूलाई उभ्याएको विद्यालय हो ।
एक अर्को उत्कृष्ट विद्यालयसँग सहकार्य गर्दै अघि बढ्ने दुई विद्यालय सञ्चालक समितिले निर्णय गरेको थियो ।
यद्यपी, त्यसबेला पनि दुवै विद्यालयले पत्रकार सम्मेलन गरी भनेको थियो – ‘प्रतिभा र शान्ति निकेतन आ–आफ्नै मोडालिटीमा चलिरहेको अवस्था छ । अब पनि यसै अनुसार चल्ने हो । गुणस्तरीय शिक्षाका हेतु हामी व्यवस्थापकीय र शैक्षिक पक्षमा सहकार्य गर्दै अघि बढ्ने निर्णय गरेका हौँ । सहलगानीदेखि दुई विद्यालयका शिक्षक अनुभव आदानप्रदान तथा सहकार्य गरिनेछ ।’
थप स्पष्ट पारेको थियो – ‘यसको अर्थ, दुई विद्यालय एकआपसमा गाभिने बुझ्नु हुँदैन । लगानीदेखि शैक्षिक सञ्चालनमा मात्रै दुई पक्षको सहकार्य हो । अब हामी आफैमा प्रतिष्पर्धा गर्दै, निखारिँदै, गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यमा अघि बढ्ने हो ।’
सम्बन्धित खबर
शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्यो, कसको कति?
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
यो पनि पढौँ
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
सरकारलाई ग्यास महासंघले भन्यो- बिक्रेतामार्फत् ग्यास बाँड, उपभोक्ताले धेरै दुःख पाए
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना