काठमाडौं । आज असोज १० गते शनिबार । जल तथा मौसम पूर्वानुमान विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार अहिले कर्णाली, सुदूरपश्चिम र प्रदेश नम्बर ५ मा आंशिक बदली छ । प्रदेश नम्बर १ र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पनि १–२ स्थानमा वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज प्रदेश नम्बर १, प्रदेश नम्बर २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा आंशिक बदली रहने छ । प्रदेश नम्बर ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आंशिक बदली रही एक–दुई स्थानमा मेग गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।
यस्तै, प्रदेश नम्बर १, प्रदेश नम्बर २ र गण्डकी का केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ ।
दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जनर चट्याङ्ग सहित हल्का देखि वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ को एकर दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
राती : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेश मा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश न ५ , कर्णाली प्रदेश र सुदुर-पश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा मेग गर्जनर चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’